डिसहोम सिनेमाघरमा चलचित्र ‘छिरिङ्ग’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 02:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस मिडिया नेटवर्कद्धारा सञ्चालित डिसहोम सिनेमाघरमा चलचित्र ‘छिरिङ्ग’ नामक चलचित्र हेर्न सकिने भएको छ । वैशाख ५ गतेबाट डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा चलचित्र ‘छिरिङ्ग’ नामक चलचित्रलाई प्रदर्शनमा ल्याएको डिसहोमले जनाएको छ । 

डिसहोम सिनेमाघरमा च्यानल नम्बर ८८८ मा चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो प्रदर्शन भइरहेको छ । नेपाली कथानक चलचित्र छिरिङ्ग मा निमा रुम्बा, यसकुमार, कामना भुजेल आदि चर्चित कलाकारहरुको संयोजनमा बनेको सफल चलचित्र हो जसलाई प्रति शो रुपैयाँ २२५ मा हेनै सकिने छ । डिसहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई विशेष ध्यानमा राखेर विगत ३ वर्षदेखि डिसहोम सिनेमाघर च्यानल नं ८८८ मा सञ्चालन गर्दै आइरहेको छ ।

डिसहोम सिनेमाघर फिल्म सञ्चालन गर्न आइभिआर नं. ९८०११९०९९० मा फोन गरेर अथवा मोवाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र सजिलै खुलाउन सकिन्छ ।

त्यस्तैगरी सिनेमाघर खुलाउने अर्को विधि भनेको डिसहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिसहोम विक्रेतासँग सिधै सम्पर्क गरेर पनि डिसहोम सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved