काठमाडौँबाट यात्रु बोकेर दोलखा हिडेको बस रामेछापमा दुर्घटना, १५ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 08:35:08 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापको मन्थलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लकडाउनका कारण काठमाडौँमा रहेका मानिसहरु बोकेर दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान करिब ४ बजे दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको र गम्भीर घाइतेमध्ये एक जनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याईएको छ । बाँकी घाइतेको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा बच्चासहित ३९ जना सवार रहेको बताईएको छ । बस ब्रेक फेल भएर सडकको दाहिने तर्फको नालामा फसेको हो । प्रहरीले बस चालक तामाकोसी गापा–३ जफेका मानबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved