महेश बस्नेतमाथि सांसद भगाएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 12:09:51 PM मा प्रकाशित

laxmi  sunrise bank

हालै एकिकृत भएको जनता समाजवादी पार्टीका नेता गंगा श्रेष्ठले आफ्ना सांसदहरुलाई नेकपाका नेताले भगाएको बताएका छन् । मेरियट होटलमा भएको घटनाबारे जानकारी दिदै उनले आफुहरु होटेलमा पुग्दा नेकपाका नेता महेश बस्नेतहरुले आफ्ना पार्टीका सांसदहरुलाई पछाडीको गेटबाट भगाएको बताएका हुन् ।

होटेलमा पार्टी एकीकरण भएपछि अशन्तुष्ट पक्षको बैठक चलिरहेको बताईएको थियो । नेता गंगा श्रेष्ठले घटनाबारे सामाजिक संजालमा जानकारी दिएका हुन् ।

उनले भनेका छन् 'ओली सरकारले हाम्रो समाजवादी पार्टीका सांसदहरूलाई पाँचतारे मेरियट होटल, नक्सालमा ७०१-७१५ सम्मका कोठाहरूमा थुनेर राखेको भन्ने खबर आएपछि वास्तविकता बुझ्न म बिहान ८:३० बजे त्यस होटलमा पुगेँ । म पुग्दा आंगकाजी शेर्पालगायतका केही साथीहरू पनि होटलमा पुगिसक्नु भएको रहेछ । हामीलाई होटलभित्र छिर्न दिइएन । झन्नै ९ बजेतिर कलुदेवी बिश्वकर्मालगायतका सांसदहरूलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नेता महेश बस्नेतहरूले भगाए । त्यसपछि हामी घर फर्कन लाग्दै थियौं । एक्कासी ३ भ्यान प्रहरी आएर हामीलाई घेरा हालेर हामीलाई नियन्त्रणमा लिए । १० मिनेटपछि हामीलाई छाडिदिए ।' 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved