पञ्चकन्या समूहमा कार्यरत कर्मचारीद्वारा १२० जनालाई राहत प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 03:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका बिपन्न समुदायलाई राहत वितरण गरेको छ । 

कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै मजदुरहरुलाई राहत प्रदान गरेको हो । उद्योगमा कार्यरत ६० जना मजदुर र उद्योग रहेको तिलोत्तमा नगरपालिका बडा नम्बर १५ का ६० जना बिपन्न परिवारलाई राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । 

टोल बिकास संस्था र वडा कार्यालयको सिफारिषमा वडाका बिपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रति व्यक्ति १० केजि चामल, ५ केजि आटा, ५ केजी आलु, २ केजि चीउरा, २ केजि दाल, १/१ प्याज, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम गरी गरिएको थियो । 

कर्मचारीहरुले केहि दिन अगाडि उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् । बिश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथा बिपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved