यी स्थानमा असिना र हावाहुरी गराउने प्रणाली विकास हुदै, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 08:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल देशको विभिन्न स्थानमा मेघ गर्जन/चट्टयाङ/असिना/हावाहुरी गराउने प्रणाली विकसित भइरहेको जनाएको छ । विभागले सुदुर पश्चिम, प्रदेश ५ र प्रदेश २ को तराई भू-भाग तथा आसपासका पहाडी भू-भागमा यस्तो प्रणाली विकसित भइरहेको र पूर्वतिर सर्दै गरेको विभागले जनाएको छ ।

विभागले हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जनाएको छ।

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान : 

बैशाख १४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 बैशाख १५ गते (सोमबार)

दिउँसोः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (मंगलबार)

दिउँसोः  देशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

विभागले  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीको सम्भावना रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved