वामदेवले भने, ‘‘प्रधानमन्त्री थोरै बोल्नुभो, म बिदा भएर आए’’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 12:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाएका छन् ।

उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको स्पष्ट गरे । 

केही सञ्चारमाध्यमले आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भन्ने समाचार सम्प्रेषण भएकामा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको आज विज्ञप्ति जारी गरी स्पष्ट गरेका छन् ।

“प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।” गौतमले विज्ञप्तिमा भनेका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved