यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद्को बैठकका महत्वपूर्ण ३ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 08:24:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैशाख ३० गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको छ  । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको अर्थ एवम सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

सरकारले  चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । 

त्यस्तै बैठकले  ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । बैठकले देशमा जारी लकडाउनलाई बैशाख २५ सम्म लम्ब्याउने निर्णय समेत गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved