२० वटा लघुवित्तलाई राष्ट्र बैंकले गर्यो कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 10:46:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीस्वरुप हर्जाना लगाइएको जनाएको छ  । राष्ट्र बैंकले तोकेको ब्यबस्था पालना नगरेको कारण कारवाही गरिएको बैंकले जनाएको हो । 

राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तसम्म ५० वटा लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत स्थलगत निरीक्षण, पाँच वटाको लक्षित स्थलगत निरीक्षण तथा चार वटाको अनुगमन÷विशेष निरीक्षण सम्पन्न गरिएको छ । सो अवधिमा निर्देशन अनुसार न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेवापत पाँच वटा लघुवित्त वित्तीय संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको राष्ट्र बैंकले जनाएको हो । त्यस्तै राष्ट्र बैंकका अनुसार न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीस्वरुप हर्जाना लगाइएको छ ।

२०७५ चैत १ देखि २०७६ फागुन मसान्तसम्म पाँच वटा नयाँ संस्थाहरू र एक वटा वित्तीय मध्यस्थताको कारोबार गर्ने अनुमति प्राप्त गैर–सरकारी संस्था समेत गरी जम्मा छ वटा संस्थाहरूलाई “घ” वर्गका लघुवित्त वित्तीय संस्था लिमिटेडका रूपमा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved