यी १२ जिल्लामा मध्यम तथा भारी बर्षा जारी, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 12:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसो विभिन्न जिल्लामा मध्यमदेखि भारी बर्षा भईरहेको जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले दिउँसो ११:५० मा एक अलर्ट जारि गर्दै हाल डडेलधुरा,डोटी,कैलाली,कञ्चनपुरकोअधिकांश स्थानमा तथा स्याङजा,पाल्पा,तनहूँ,बागलुङ,स्याङजा,लमजुङ,गोरखा, नवलपरासी र आसपास केही स्थानमा मध्यम देखि भारी बर्षा भएको जनाएको हो । 


महाशाखाले ति क्षेत्रमा थप बर्षा हुन सक्ने र उक्त स्थानका केही स-साना नदीमा आकस्मिक वहाव हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा ४ वटा मौसम प्रणाली सक्रिय रहेको जनाएको छ । बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै विभागले हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएको देखिएको जनाएको छ ।


यो पनि : 

नेपालमा ४ वायु प्रणाली सक्रिय, यस्तो हुनेछ आगामी ३ दिनको मौसम





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved