यी स्थानमा भारी वर्षा हुनसक्ने, उच्च सर्तकता अपनाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 07:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम कार्यालय सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

आजदेखि पर्सि (बुधबार) सम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले तीनै दिन हावाहुरी, चट्याङ र असिना वर्षासमेतको सम्भावना रहेको बताए । उनका अनुसार कार्यालयले चार वटा जिल्ला र आसपासका केही स–साना खोलानालाहरुमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन बबई, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका नागरिकमा सूचना जारी गरेको छ । हाल कर्णालीका सुर्खेत, दैलेखसहित आसपासका जिल्लाहरुमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आज, भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू­भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले यसपटक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved