नेकपा बैठकः औपचारिक निर्णय भएन, २१ गते स्थायी कमिटी बस्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 10:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक औपचारिक निर्णय नभई सकिएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्न नेतृत्वले अनौपचारिक वार्ता तथा छलफल गर्ने र बैशाख २० गते अर्को बैठक गर्ने अनौपचारिक निर्णयसहित आजको बैठक सकिएको हो । 

२० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद, पार्टी एकता, सरकार सञ्चालन लगायतबारे छलफल भएपनि निर्णय भने नभएको हो । 

बैशाख २० को बैठकले २१ गते स्थायी कमिटी बैठक बोलाउने सम्भावना छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved