संचारकर्मीलाई राहत घोषणा गर्न फोनिजको माग

राकेश यादव

राकेश यादव

Apr 30, 2020 | 08:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ ।

बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्ती मार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो । 

फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ । 

संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्र गरेको छ । साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ । त्यस्तै फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved