श्रमिकसँग अझबढी समझदारीका साथ सहयात्रा गर्ने सभापति ढकालको प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 08:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक बर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन् । उक्त परिषदको सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिदै ढकालले सम्पूर्ण विश्व कोभिड १९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए ।

सन्देशमा उनले भनेका छन्, ‘‘इतिहासको यो कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाई एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।’’

विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्, ‘‘यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ ।’’

सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved