रोल्पामा अर्को बम पनि फेला

महेश न्यौपाने

महेश न्यौपाने

Apr 30, 2020 | 09:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पामा ४ जना बालबालिकाको मृत्यु हुने गरी बम विस्फोट भएको स्थानमा अर्को पनि बम फेला परेको छ ।  घटना स्थलमा अर्को बम पनि रहेकाले डिस्फोजका लागी  दहवन स्थीत नेपाली सेनाको टोली घटना स्थल तर्फ आउदै गरेको त्रिवेणी  गाउँपालिका वडा नं.२ का वडाध्यक्ष  कविराज वुढाले जानकारी दिए । 

त्रिवेणी  गाउँपालिका ७ गैरीगाउँमा आज अपरान्ह  भएको वम विस्फोटमा  परि ४ वालवालिकाले ज्यान गएको हो ।  बम विस्फोटमा परि ४ वालवालिकाको घटना स्थलमै ज्यान गएको वडाध्यक्ष  कविराज वुढाले जानकारी दिए । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षिय लोकीराम डाँगी, ११ वर्षिया बिमला डाागी, ५ वर्षिय विजय खत्री र सोही गाउँपालिका वडा नं. ४ का १३ वर्षिय गौरव  नेपाली रहेको जिल्ला प्रहरी  कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक चित्रवहादुर गुरुङले जानकारी दिए ।

 प्रहरी टोली घटना स्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रहरी नायव उपरिक्षक गुरुङले जानकारी दिएका छन् । सशस्त्र  द्धन्दको समयमा तत्कालिन माओवादीले लुकाएर राखेको वम वालवालिकाहरु खेलाउने क्रममा विस्फोट भएको सक्ने वताइएको छ । 

यस अघि : 

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved