फेरी सार्वजनिक खरिद नियमावली संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 09:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फेरी सार्वजनिक खरिद नियमावली संशोधन  गरेको छ । नियमावली संशोधन गर्दै सरकारले कोभिड–१९ का कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउन सकिने ब्यबस्था गरेको हो ।

वैशाख १४ गतेको मन्त्रिपरिषदको बैठकले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सार्वजनिक खरिद १० औँ संशोधन नियमावली, २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् । उक्त नियमावली संशोधन गरी सो व्यवस्था लागू गरेको उनले जानकारी दिए ।

सरकारले उक्त नियमावलीमा २०७६ साल जेठ २३ पछि २०७७ साल वैशाख १४ सम्म ठेक्का सम्पन्न गर्ने गरी काम अघि बढेका तर सम्पन्न हुन नसकेका आयोजनाको हकमा म्याद थपका लागि २१ दिनभित्र निवेदन दिन भनेको छ । त्यस्ता कम्पनीको कार्य प्रगतिका आधारमा सम्झौता एक वर्षसम्म लैजानसक्ने गरी उक्त नियमावलीमा संशोधन गरिएको डा खतिवडाले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved