४ वायु प्रणाली सक्रिय हुँदा देशभर बर्षा, यी स्थानमा सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 10:39:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हालदेश भर वर्षा भईरहेको जनाएको छ । विभागले हाल देशको अधिकांश भू-भागमा बदली रहि सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरुमा मेग गर्जन/चट्टयाङ सहित वर्षा भईरहेको जनाएको हो । 

साथै विभागले प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा पनि मेग गर्जन/चट्टयाङ सहित वर्षा भइरहेको जनाएको छ । साथै उक्त प्रणाली पूर्वतर्फ सर्दै गएकोले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले आज दिउँसो देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको जनाएको छ।त्यस्तै आज राति  देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेको छ 

त्यस्तै बाढी पुर्नानुमान विभागले आज प्रदेश ५,गण्डकी,बागमती, प्रदेश २ र १ भई बहने नदीमा वहाव बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved