विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 10:31:45 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । 

बिरामी हुनेमा १२ वर्षिय बालिकादेखि ७० वर्षिय वृद्धा छन् । बिरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन, १४ वर्षिय मनिषा हरिजन, १६ वर्षिय रामानन्द हरिजन, १८ वर्षिय लक्ष्मी हरिजन, ३५ वर्षिय सरस्वती हरिजन, ४५ वर्षिय बद्री हरिजन र ७० वर्षिय कैलाशी हरिजन रहेका छन् ।

 शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राती १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । हाल उनीहरुको भिम अस्पताल भैरहवामा उपचार भैरहेको अस्पतालले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved