नेकपाको सचिवालय बैठक सर्यो, वामदेवसँग छलफलमा प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 04:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाको सचिवालय बैठक ५ बजेका लागि सरेको छ। ४ बजेका लागि डाकिएको बैठक ५ बजेका लागि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयको बैठक साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । 

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको उन्मुलन भएपछि आफूले राजीनामा गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । ओलीले प्रधानमन्त्रीमा गौतम र पार्टीको तेस्रो अध्यक्षमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गरेका छन् भने नेता नेपालले प्रस्ताव अस्विकार गर्दै आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved