यस्तो हुनेछ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 09:40:41 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको हो।

यसको कारण हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र वांकी भु-भागमा सामान्य बदली रहेको विभागले जनाएको छ।साथै विभागका अनुसार आगामी ३ दिनसम्म वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाढी पूर्वानुमान विभागले पनि आगामी ३ दिन सम्मै बर्षा हुने संभावना रहेकोले महाकाली,कर्णाली,पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आगामी ३ दिन सम्मै बहाव समान्य बढ्ने जनाएको छ 

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान । 

बैशाख २३  गते (मंगलबार)

दिउँसोः  देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बांकि भु-भागमा सामान्य  बदली  रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा  साथै मध्य तथा पुर्वका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र  पश्चिमी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २४ गते (बुधबार)

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउसो पश्चात सामान्य  बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा  साथै पुर्वी र मध्य तराईका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी   सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २४ गते (बिहीबार)

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउसो पश्चात सामान्य  बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा  साथै तराईका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved