कोरोना भाइरसबाट नाइजरका मन्त्रीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 04:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । 

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ । 

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोना भाइरसका बारेमा व्यक्त गरेका सन्देशहरु प्रशारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताइएको थियो । 

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् । 

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ । नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved