मन्त्रिपरिषद बैठकका निर्णय: लकडाउन थप्नेदेखि दिप प्रज्वलनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 02:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बिहिबार साँझ देशभर दिप प्रज्वलन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  बुद्ध जयन्तिको अवसर पारेर कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा तथा  कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामनासहित  दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय  गरेको हो

यस्तै बैठकले लकडाउनको अवधिलाई ११ दिन थप गरेर जेठ ५ गतेसम्म कायम गर्ने निर्णय पनि गरेको छ। यस अघि तोकिएको लकडाउन अवधि बिहिबार बेलुका सकिदै छ । 

बैठकले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म  कायम गर्ने निर्णय गरेको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved