वाग्मती प्रदेशमा बजेट अधिवेशनको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 06:43:12 PM मा प्रकाशित

laxmi  sunrise bank

वागमती प्रदेशको प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको हाल तयारी भइरहेको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काले कोरोनाको सङ्क्रमणलाई मध्यनजर राखी बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक दूरी कायम हुने गरी बैठक कक्षभित्र टेबल कुर्सी र माइकको व्यवस्था भइरहेको बताएका छन् । 

सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशसभा सदस्यलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानेटाइजर प्रयोग गराई मास्क, पञ्जा लगाउन दिने र थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था गरिने बताए । उनले सम्भवतः आगामी जेठ महिनाको पहिलो हप्ता शुरु हुने अधिवेशनलाई ध्यान दिई व्यवस्थापनको काम भइरहेको र यही वैशाख महिनाभित्र तयारी पूरा हुने जानकारी दिए ।                                                                

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved