महत्त्वपूर्ण आयोजनाहरूको काम सुचारु गर्न संसदीय समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 12:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश  नं ५ को भौतिक पुर्वाधार विकास समितिले प्रदेश गौरवका आयोजना लगायतका महत्त्वपूर्ण आयोजनाहरूको काम सामाजिक दुरि कायम गरेर सुचारू गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले प्रदेश सरकारले सञ्चालन गरेका प्रदेश सडक र पालिका पहुँच मार्गको काम सामाजिक दुरि कायम गरेर सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति आशा स्वर्णकारले जानकारी दिईन्  ।

बैठकले आगामी आर्थिक वर्ष २०७७र०७८ को वजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई समेट्ने गरि बृहत्तर योजना बनाई कार्यान्वयन गर्न पनि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकोे समिति सचिव सीता घिमिरेले जानकारी दिइन् । प्रदेश सरकार बाट सञ्चालित योजनहरू लिस्टङ गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।

संघिय सरकार बाट हस्तान्तरण भई आएका आयोजना कार्यान्वयन नगर्ने प्रदेश सरकारको निर्णय उपयुक्त नभएको भन्दै समितिले ती आयोजना पनि प्राथमिकताका साथ अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । आगामी आर्थिक बर्षको वजेट विनियोजन गर्दा समानुपातिक रूपमा गर्न पनि समितिले निर्देशन दिएको छ ।

बैठकमा सदस्यहरू बिरबहादुर राना,इन्द्र प्रसाद खरेल,नारायण प्रसाद आचार्य,फकरूद्दिन खान,धर्मबहादुरलाल श्रिवास्तव,तारा जिसि,पुस्पा थरूनिले आ आफ्नो सुझाव राखेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved