नेपाल बैंकले ३.५ पतिशत ब्याजमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 01:54:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण रोजगारीका अवसर संकुचित भैरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । 

पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुक युवाहरुले जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यम सम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावअनुसार नेपाल बैंकको सहकार्यमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाले गत कार्तिकमा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरिसकेको छ । 

मूलतः बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४.५० प्रतिशत र महिलाको हकमा वार्षिक ३.५० प्रतिशत छ । 

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताईन । 

कर्जा प्रवाहका लागि तरकारी, फलफूल, पुष्प, च्याउ, जडिबुटी खेती, पशुपंक्षी पालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । भुक्तानीको अवधि बढीमा ५ वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाहरुको प्रस्तावअनुसार विस्तार गर्न सकिने नगर प्रमुख घिमिरेले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved