संसद बैठकमा जाने सांसदले यी नियम पालना गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 05:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बजेट अधिवेशन सुरु हुनु अगाडी सबै सांसदको कोरोना परिक्षण गरिएको छ । आज बिहिबार बिहानैबाट राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सांसदहरुको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको हो । साथै संसद भवनका कर्मचारी तथा मर्यादापालको पनि स्वाब संकलन गरिएको छ । 

त्यस्तै राष्ट्रिय सभाको बैठकमा आउँनको लागि आचारसंहिता पनि जारि गरिएको छ ।  राष्ट्रिय सभाका अध्यक्षको अध्यक्षतामा आज बसेको  राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले आचारसंहिता तोकको हो । 

यस्ता छन् राष्ट्रिय सभा बैठक हुँदा पालना गर्नु पर्ने नियम:  

- विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने।

-  राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

-   सम्माननीय प्रधानमन्त्री माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्यहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

-  संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

-   क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

-  संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

-  दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

-  मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने  तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

-  त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले COVID-19 रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।

यस्तो छ आचारसंहिता:

सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्ने।

-मेडिकल मास्कको प्रयोग बैठक अवधीभर सबैले अनिवार्य रुपमा गर्नुपर्ने ।

सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्ने।

-  सकेसम्म समूहगत छलफलन नगर्नेयदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने । 

-आफूलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या (ज्वोरोखोकीथकानशरिर दुखाई आदी।) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने।

बैठक हलबाट बाहिर निस्कनु परेमा पुनप्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने।

बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्ने।


आगामी बजेट अधिवेशन भोलि वैशाख २६ गतेदेखि सुरु हुदै छ। बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजे बस्ने छ । सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यस अगाडी सरकारले नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्नु पर्छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved