आजको संसद बैठकमा किन पेश हुदैछन् सरकारले फिर्ता लिईसकेका २ अध्यादेश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 01:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि शुरु हुँदैछ । आज अपराह्न ४ः०० बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्न लागेको हो ।

आजको बैठकको लागि संसद सचिवालयले विभिन्न ८ वटा कार्यसुची तय गरेको छ । जसमा यस अघि सरकारले ल्याएको तर सत्तारुढ दल कै नेताहरुबाट ब्यापक बिरोध भएपछि फिर्ता लिइएको अध्यादेश पेश गर्ने समेत कार्यसुची समेत छ । 

आजको कार्यसुचीको बुँदा नम्बर ४ देखि ६ सम्म अध्यादेश पेश गर्ने कार्यसुची छ । जस अनुसार संसदमा सरकारले फिर्ता लिएका २ अध्यादेश पेश हुने छन् । कार्यसुची नम्बर ४ मा " सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नुहुने ।" उल्लेख छ । त्यस्तै कार्यसुची नम्बर ५ मा " मा. गृह मन्त्री श्री रामबहादुर थापाले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” पेश गर्नुहुने ।" उल्लेख छ ।

धेरैमा किन फिर्ता भईसकेको अध्यादेश संसदमा पेश हुन् लागेको भन्ने आम चासो रहेको छ । तर राष्ट्रिय सभामा सचिव राजेन्द्र फुयाल अध्यादेश पेश गर्नु नियमित प्रक्रिया भएको बताउछन् । सरकार संसदप्रति जिम्मेवार र जवाफदेही हुने भएकोले संसद अधिवेशन नभएको समयमा आएका आध्यादेशबारे सदनलाई जानकारी दिन अध्यादेश पेश गर्न लागेको सचिव फुयालले बताए ।

उनले भने ' अध्यादेश आएपछि त्यो जस्तो अवस्थामा भएपनि सदनलाई जानकारी गराउनु नियमित प्रक्रिया हो ' । उनले यी अध्यादेश आएको जानकारी गराउन संसदमा पेश गरिने र ति अध्यादेश फिर्ता भएको जानकारी पनि संसदमा दिईने उनले बताए । अध्यादेश फिर्ता भएको जानकारीको लागि कार्यसुची ५ तय गरिएको छ । कार्यसुची नम्बर ५ मा 'मा० कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा० शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्नुहुने ।' उल्लेख छ। 

 आजको बैठकमा अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ ।  

यस्तो छ आजको बैठकको लागि संसद सचिवालयले तय गरेको सम्भावित कार्य सुची : 

१. सम्माननीय सभामुखले सम्माननीय राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

२. “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” र “पारमाणविक विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने ।

३. सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने ।

४. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नुहुने ।

५. मा. गृह मन्त्री श्री रामबहादुर थापाले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” पेश गर्नुहुने ।

५ . मा० कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा० शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्नुहुने ।

६. संसदीय दलका नेताहरुले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य दिनुहुने ।

७. सम्माननीय सभामुखले निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्नुहुने ः– “प्रतिनिधि सभाको यो बैठक २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन नेपाली जनता दलबाट समानुपातिक तर्फबाट निर्वाचित सदस्य, नेपालको शिक्षा, सँस्कृति र विज्ञान क्षेत्रमा योगदान पु¥याउनु भएका प्रा० डा० विश्वनाथप्रसाद अग्रवालको ७५ वर्षको उमेरमा मिति २०७६ साल फागुन ३० गते शुक्रबार ललितपुरको सानेपास्थित आफ्नै निवासमा असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।” 

“प्रतिनिधि सभाको यो बैठक २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन नेपाली काँग्रेस दलबाट समानुपातिक तर्फबाट निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा समेत क्रियाशील नेता शिवनारायण उरावको ६१ वर्षको उमेरमा मिति २०७७ साल वशाख १ गते सोमबार धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved