रुपन्देहीमा शसस्त्र प्रहरीद्वारा तस्करीका सामाग्री बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 07:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलक लकडाउनमा रहेको छ । नेपाल र भारत दुवै देशले आ–आफ्नो सीमा बन्द गरेका छन् । दुवै देशको सीमाबाट आवागमन अहिले गैरकानूनी भएको छ । यस्तो अवश्थामा पनि दुवै देशका केही अपराधिक मनोवृत्तिका ब्यक्तिहरुका लागी यो समय अवसर बनेको छ । 

लकडाउनकै समयमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको कृषि सामाग्री शसस्त्र प्रहरीले बरामद गरेको छ । नेपालमा प्रशस्त बिउ बिजन भए पनि तस्करी गरि भारतबाट ल्याईएका धानका बिउ भित्रयाउदै गरेको अवश्थामा शसस्त्र प्रहरीले भारतीय धानको बिउ बरामद गरेको हो । 

रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियामा शसस्त्र प्रहरी बल पजरकट्टि बेस क्याम्पबाट खटिएको टोलीले लु२त ८३७७ नम्बरको ट्रयाक्टरमा भारतबाट ल्याउदै गरेको अवश्थामा ६ सय किलो भारतीय धानको बिउ, स्थानिय गहु २ हजार १ सय ४२ किलो, डिजिटल तराजु १ थान बरामद गरेको छ । शसस्त्र प्रहरी निरिक्षक शुसिरबाबु पन्तको कमाण्डमा खटिएको टोलीले उक्त सामाग्री बरामद गरेको हो । 

लकडाउनको फाईदा उठाउदै सीमानाकाका अवैध कारोबारीहरु अहिले सल्बलाएका छन् । नेपालबाट भारी मात्रामा मदिरा भारत तर्फ पठाउने र भारतबाट मल, धानको बिउ लगायत अन्य सामाग्रीहरुको ओसार प्रसार बढेको गुनासोको आधारमा सीमामा निगरानी बढाईएको शसस्त्र प्रहरीको दाबी छ । 

अहिले सीमा नाकामा ठाउ ठाउमा शसस्त्र प्रहरीको गस्ती छ । तत्कालको लागी स्थायी रुपमा सब बेसहरु बनाएर बसेको शसस्त्र प्रहरीको आँखा छलेर कसरी यस्ता सामाग्री नेपाल भित्रिएको छ त्यो भने शंकाकै बिषय रहेको छ ।

यसरी अवैध रुपमा आउने सामाग्रीले लकडाउनको उल्लंघन गर्नुको साथै कोरोनाको त्रास समेत उत्तिकै बढाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved