वीरगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, ३ वडा सिल गरेर कन्ट्रयाक्ट ट्रेसिङ तिब्र

राकेश यादव

राकेश यादव

May 09, 2020 | 10:28:11 AM मा प्रकाशित

laxmi  sunrise bank

थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै वीरगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ६२ वर्षीय पुरुषमा शनिबार कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दए ।

संक्रमित पुरुष स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको तथा उनको अवस्था समान्य रहेको बताइएको छ । शनिबार छपकैयाको थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वीरगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ । संक्रमित मध्ये छपकैयाका एकै परिवारका १८ जना रहेका छन् । संक्रमित २५ जना मध्ये ३ जना भारतीय जमातीहरु रहेका छन् भने वीरगञ्ज महानगरपालिकाका स्थानीय २२ जना रहेका छन् ।

ती मध्ये वडा नम्बर २ छपकैयाका एक जना र वडा नम्बर ३ छपकैया टोलकै मात्रै २० जना रहेका छन् । एकजना भने वीरगञ्ज १६ इनर्वा निवासी पुरुष छन् । कोरोना भाइरसले संक्रमित भएका तीनजना भारतीय जमाती मध्ये दुई जना निको भएर फर्किएका छन् । उनीहरु मध्ये एकजनामा फेरि कोरोनाको संक्रमण देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएको छ ।

वीरगञ्जमा संक्रमित पाइएका सबैको नारायणी अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको छ । महानगरको वडा नम्बर २ र ३ छपकैया टोलमा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले गत बिहीबारदेखि सो क्षेत्रसहित आसपासका ईलाकाहरु समेटिने गरि सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १,२ र ३ सहितका क्षेत्रहरु सिल गरि संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङको कार्यलाई तीब्रता दिएको छ । अहिले पनि छपकैया क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङको कार्य गरि संक्रमितहरुको स्वाब संकलन गर्नको लागि सो क्षेत्रमा विश्व स्वास्थय संगठनका स्वास्थ्यकर्मी टोली, सामाजिक विकाश मन्त्रालय प्रदेश २ सहित स्थानीय स्वास्थ्यकर्मीहरुको टोली खटिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved