पोखरादेखि काठमाडौँसम्मको क्षेत्रमा सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 11:01:12 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले पोखरादेखि काठमाण्डौंसम्मको स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले पश्चिमि भु-भागमा बनेको प्रणालि पूर्व तिर सर्ने क्रममा हाल गण्डकि र बाग्मति प्रदेश आसपास रहेको र यी आसपासका क्षेत्रहरुमा हावाहुरि र मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको संभावना रहेकोले सतर्क रहन आग्रह गरेको हो ।

विभागले बिहान १०:४४ मा एक अलर्ट जारी गर्दै यी स्थानमा चट्याङ पनि पर्न सक्ने भएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।


विभागका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा  बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।यसले हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेध गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ

विभागले आगामी २४ घण्टा पश्चिमका भू-भागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको जनाएको छ। यो क्रम ३ दिनसम्म चल्ने विभागले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved