मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न संस्थालाई राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 02:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले घोराही उप–महानगरपालिकाको फुड बैंकलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको घोराही शाखाले उक्त खाद्यान्न सहयोग गरेको जनाएको हो । 

खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 

त्यस्तै बैंकले धनगढी उप–महानगरपालिका ४ मा पनि राहत सामाग्री सहयोग गरेको जनाएको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका ४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायातका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका हुन् । 

तेसैगरी बैंकले काठमाडौंको नार्गाजुनस्थित शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका प्रमुख विजय उप्रेतीले टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved