द्धन्दको दर्दनाक पिडामा बालवालिका

महेश न्यौपाने

महेश न्यौपाने

May 11, 2020 | 02:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मजदुर दिवसको पूर्वसन्ध्यामा गत वैशाख १८ गते रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ३ मजदुरका ४ छोराछोरीले बम विस्फोटमा ज्यान गुमाए । दश वर्ष लामो माओवादी सशस्त्र युद्धमा जोगिएको गैरीगाउँ गुज्रीखोला शान्ति  प्रकृयाले डेढ दशक पार गर्दै गर्दा प्रभावित भयो । गाईबाख्राको गोठालो लागेका ५ वर्षिय विजय केसी, ११ वर्षिया विमला केसी, १३  वर्षिय गौरव नेपाली र १४ वर्षिय नोखिराम डागीको मृत्यु पछि अहिले गैरीगाँउ गुज्रीखोला शोकमग्न छ । 

घटनामा रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका लालवहादुर खत्रीका दुई छोराछोरीको मृत्यु भयो । ११ वर्षिया विमला र ५ वर्षिय विजय । गाउँकै विद्यालयमा कक्षा ४ मा पढ्थिन विमला । विजय शिसु कक्षामा पढ्थे  । लकडाउनले विद्यालय वन्द रहेका कारण विमला  भाई विजयलाई बोकेर गोठालो गएकी थिईन विमला । डेढ वर्षे वहिनीलाई घरमा छोडेर विमला विजय गोठालो गएका थिए ।

गौरवको घर घटना स्थलदेखी झण्डै १ घण्टाको दुरीमा पर्छ । त्रिवेणी गाउँपालिका ४ छेप हो गौरवको स्थायी ठेगाना । विद्यालय बिदा रहेका कारण आमा तीलकुमारी संग ३ दिन अघि मामा घर आएका थिए विजय । जुगारमा रहेको वोर्डिङ स्कूलको कक्षा ७ मा पढ्ने गौरवको त्यसै दिन दिउँसो रिजल्ड आएको थियो । छोरा राम्रो  अंक ल्याएर  पास  भएको खबर बेलुका  फोनवाट सुनाउने योजनामा थिईन तीलकुमारी । छोरालाई शुभसमाचार सुनाउने प्रतिक्षामा रहेकी तीलकुमारीले छोरालाई खबर सुनाउन नपाउँदै छोरा बम विस्फोटमा  परेको ह्दयविदारक समाचार सुन्न बाध्य भईन् ।

नोखिराम डागी गाउँकै  विद्यालयमा कक्षा ७ पढ््थे । पढेर ठूलो  मान्छे वन्ने लक्ष्य  सुनाउथे साथी भाई अनि परिवार संग । कोरानाका कारण विद्यालयमा  लामो छुट्टी भए  पनि  खेती किसानी गर्ने  वुवालाई सघाउदै आएका उनको ठूलो  मान्छे  वन्ने सपना १४ वर्षको कलिलो उमेरमा  ब्रेक लाग्यो  । 

तत्कालिन विद्रोही माओवादी  शान्ति प्रकृयामा आएपछिको सवभन्दा ठूलो घटनाको रुपमा रह्यो त्रिवेणी घटना । सशस्त्र द्धन्द विर्सिसकेका नेपालीलाई फेरी बिगत संझाउन बाध्य बनायो त्रिवेणी घटनाले । घटनामा अवोध  बालवालिकाको मृत्युले देशलाई शोकमग्न  बनायो । घटनावारे अनेकन टिका टिप्पणी भए पनि  बम कहाँबाट आयो भन्ने कुरा अझै अनुत्तरीत छ । 

घटना स्थल नजिकको दुम्ला टापे लेकमा माओवादी सशस्त्र युद्धकै अन्तिम लडाई भएको थियो । उक्त भिडन्त पछि नेपालको दश वर्ष लामो सशस्त्र युद्ध शान्ति प्रकृयामा प्रवेश गरेको थियो । सो स्थानमा  भिडन्त हुदा सरकारी पक्ष र विद्रोही पक्षको ठूलो हताहती भएको स्थानीयहरु बताउछन् । आफ्नो गाउँ को माथि आकाशमा नेपाली सेनाको हेलिकप्टेरले बम खसालेको ७६  वर्षिय गोवद्र्धन डाँगीले जानकारी दिए । सो क्रममा  नपड्कीएका  वेवारिस बमहरु जंगलमा हुन सक्ने डागीले बताए ।

स्थानीय शान्ति समिति रोल्पाको अभिलेखमा माओवादी सशस्त्र द्धन्दमा परि ९४६ रोल्पालीले ज्यान  गुमाएको उल्लेख छ । यसरी ज्यान गुमाउने मध्ये राज्य पक्षवाट ७६२, विद्रोही पक्षवाट १६५, दोहोरो भिडन्तमा ८ र  पक्ष नखुलेको मृत्यु ११ थिए । यसरी ज्यान गुमाउने मध्ये १५० बढी बालवालिका थिए । सशस्त्र द्धन्दमा सबभन्दा  कम उमेरमा ज्यान गुमाउने रोल्पा ह्वामाकी १ वर्षिया जसमाया पुन थिईन । उनलाई विद्रोही माओवादीले २०५३ असार १२ गते हत्या गरेका थिए । यसैगरि राज्य पक्षवाट सबभन्दा कम उमेरमा मारिने गामका ३ वर्षिय मनवीर कामी थिए ।  उनलाई २०६१ साल असोज ९ गते सरकारी पक्षले हत्या गरेको थियो । राज्य पक्षबाट २७  र विद्रोही पक्षवाट ६ गरि ३३ जना अझै वेपत्ताको सुचीमा छन् । यसरी वेपत्ता हुनेमा ५ जना बालवालिका छन् । 

सशस्त्र द्धन्दमा रोल्पाको दर्जनौ ठाँउहरुमा ठुलठुला भिडन्त भएका थिए । भिडन्तका क्रममा ती ठाउँहरुमा पनि बम छोडिएको हुन सक्ने भन्दै  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको  टोलीले सर्च गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार हाल त्रिवेणी गाउँपालिका भित्रका शंखास्पद स्थानको सर्च भईरहेको छ । निकट भविष्यमै जिल्लाका अन्य शंकास्पद क्षेत्रमा पनि सर्च हुन्छ ।

सशस्त्र द्धन्दमा रोल्पा तेवाङको लिस्ने, पाङको ऐपे लेक, गाम, स्यूरीको घोगा, सेरम, पोवाङ, जेल्वाङ, उवा, थवाङ, रांकोट, पाछावाड कालापोखरा, ईरिवाङ कालापोखरा, सुकिदह, राँकको ताप्ला, पाखापानीको दलसिडे, जिनावाङको मनिमारे, घोरनेटी ओत, गैरीगाउँको दुम्ला, डुव्रिङ, घर्तीगाउँ, भावाङको वाग्मा, जंकोट र भावाङको लेक, कोर्चवाङको हान्निड, कोटगाउँको रिमसक जंघा, खुमेल, पाटेगुम्चाल लगायतका ठाउँमा ठूला भिडन्त भएका थिए ।

शान्ति प्रकृया पछिका अधिकांश घटनाका पिडित वालवालिका

शान्ति प्रकृया पछि रोल्पाका दर्जन बढी स्थानहरुमा बम विस्फोटका घटना भईसकेका छन् । जसमा परि ७ जना वालवालिकाको मृत्यु र ३ जना घाईते भएका छ । वालवालिका मृत्यु र घाईते हुने गरि ७ वटा घटना भएको बताईन्छ । जस अनुसार रोल्पाको साविक धवाङ, रांसी, कोर्चवाङमा १।१ जना र  , गौरीगाँउमा ४ गरि ७ जना वालवालिकाको ज्यान गई सकेको छ । यसैगरि ह्वामा, सखी र कोर्चवाङमा भएको घटनामा १।१ गरि ३ वालवालिका अपांग भएका छन् ।

वालवालिका नै प्रभावित हुने गरि द्धन्दकालिन घटना हुनु निकै दुखद हो मानव अधिकारकर्मी घनश्याम आचार्यले भने । सशस्त्र द्धन्द पछि जन्मिएका वालवालिकाहरु त्यसको शिकार भएका छन  आचार्यले भने । बमको बारेमा नयाँ पुस्ताका वालवालिकालाई सचेतिकरण नगराउदा उनीहरु त्यसबाट प्रभावित भईरहेका छन आचार्यले भने । वालवालिकाहरुको बाच्ने  हक गुम्दै गएको पत्रकार तथा अधिकारकर्मी खेम बुढामगरको भनाई छ  । युद्ध सकिए पनि रोल्पाली अझै मरिरहनु पर्ने कहिले सम्म हो  बुढाले प्रश्न  गरे ।

भारि मात्रामा  भेटिन्छन हतियार

जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार द्धन्दको समयमा भएका विस्फोटक  पदार्थ  भेटिने, सर्वसाधारणको जिउ ज्यानको जोखिम हुने तथा सर्वसाधारणमा त्रास उत्पन्न  भई शान्ति सुरक्षा तथा अमनचैनमा असर परेको  छ ।

गत असोज ११ गते जिल्लाको परिवर्तन गाउँपालिका १ कुरेली भित्रिवन पुवाखोलामा भारि मात्रामा सशस्त्र द्धन्दकालको हतियार फेला परेको थियो । गोठमा लुकाई राखेको अवस्थामा बम, ह्यान्ड ग्रीनेट, एलएमजी व्यालेट ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाईजर  वन्दुक १ थान, इम्प्रोभाईजर मोटार एक थान फेला परेको थियो । एम १६ को लाईभ राउण्ड  चार हजार १ सय ९१ वटा, एटीवान खाली गोली एक सय ३९ थान, एटीवान लाइभ बम ११ थान फेला परेको थियो । यसैगरि फोर्टिएमएच बम खाली तीन थान, ग्रीनेट ३६ तीन थान, डोटेनेटर, फोर्टि एमएचई वम वम लगायत भारि मात्रामा  हतियार  फेला परेको थियो ।

यसैगरि गत फाल्गुन १८ गते थवाड गाउँपालिका ३  मिरुल  टुटु स्थीत कुवारी सामुदायिक बनको जंगलमा २ बोरा विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रशासन कार्यालय रोल्पाले सर्वसाधारण नागरिकका लागि जारी गरेको अपिलमा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved