उपराष्ट्रपति पुनको कोरोना परिक्षण हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 04:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ ।

सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved