कर्मचारीले दिए प्रस्तावित विद्युत् ऐनमा सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 07:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेडयूनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आआफ्ना सुझाव दिएका छन् । कर्मचारीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई एक ज्ञापनपत्र बुझाउँदै प्राधिकरणको थप उन्नयन तथा विकासका लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका हुन् । 

कर्मचारीको सुझाव ग्रहण गर्दै मन्त्री पुनले सरोकार भएका निकाय तथा व्यक्तिसँग छलफल गरी प्राप्त निष्कर्षका आधारमा प्रस्तावित ऐन अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो । प्रस्तावित विद्युत् ऐन मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । प्रस्तावित ऐन, सङ्घीय संसद्मा प्रस्तुत हुने क्रममा छ । सो ऐनका केही दफामा प्राधिकरणका कर्मचारी तथा निजी क्षेत्रका उद्यमीले समसामयिक नभएको भन्दै गुनासो गर्दै आएका छन् ।  

कर्मचारीले प्रस्तावित ऐनले प्राधिकरणको संस्थागत उन्नति र कर्मचारीको भविश्यमा समेत गम्भीर सङ्कट आउने भन्दै आज मन्त्री पुनको ध्यानाकर्षण गराएका हुन्  । प्राधिकरणका कार्यरत आधिकारिक ट्रेडयूनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved