नेकपाको सचिवालय बैठक सुरु, के छ एजेण्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 09:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

बैठकले नीति तथा कार्यक्रमको लागि सरकारलाई सुझाव्व दिने भएको छ । नीति तथा कार्यक्रम पेश गर्नु अघि प्रधानमन्त्रीले सचिवालय सदस्य राय तथा सुझाव्व लिन लागेका हुन् । त्यस्तै बैठकमा हाल जारी कोरोना महामारी र पार्टीको स्थायी कमिटि बैठकबारे पनि छलफल हुन् सक्ने बताईएको छ ।

आज चार बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा  राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम पेश गरेपछि आजै बस्ने अर्को बैठकले धन्यवादको प्रस्ताव टेबल गर्ने तयारी छ ।  स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम आउने छ  । 

नीति तथा कार्यक्रमलाई पारित गर्न दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved