काठमाण्डौं महानगरका ३१ जना कर्मचारीको आरडिटी पोजेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 08:03:14 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौं महानगरपालिकाका ३१ जना सरसफाई कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ । महानगरको वातावरण विभागमा कार्यरत ३१ जना कर्मचारीको शुक्रबार गरीएको आरडिटी परीक्षणको नतिजा पोजेटिभ आएको हो । 

महानगरको स्वास्थ्य विभागका अनुसार ९३२ जना सरसफाई कर्मचारीको कोरोना परीक्षण गरीएको थियो । जसमा ६६४ जनाको आरडिटी विधिबाट र २६८ जनाको पीसीआर विधिबाट परीक्षण गरीएको थियो । आरडिटीबाट गरीएको परीक्षणमा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने बाँकिको नेगेटिभ रिपोर्ट आएको विभागले जनाएको छ । पीसीआर विधिबाट गरीएको परीक्षणको रिपोर्ट भने आउन बाँकिनै छ । 

आरडिटी पोजेटिभ रिपोर्ट आएका ३१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरीएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुलाई अहिले महानगरले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved