बुटवलका मजदूरलाई ज्वरो परीक्षण गरेर काममा लगाईँदै

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

May 16, 2020 | 11:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका बेला बुटवल उपमहानगरपालिकाले  इच्छुक कामदारलाई कामको व्यवस्था गरेको छ । उपमहानगरले बुटवलको सिमसार क्षेत्रका रुपमा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइको लागि कामको व्यवस्था गरेको हो ।

उपमहानगरले  कामको व्यवस्था गरेपछी वडा नम्बर १६ का विभिन्न टोलका मजदुर तालको सरसफाईमा जुटेका हुन् । मजदूरहरुको ज्वरो परीक्षणका साथै स्वास्थ्य परीक्षण गरेर, सामाजिक दुरी कायम गर्दै दैनिक ज्याला दिएर काममा खाटाइएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा तोकिए बमोजिमको ज्यालाको दररेटमा इच्छुक कामदारलाई कामको व्यवस्था गर्न ताल व्यवस्थापन समितिलाई अनुरोध गरिएको र सोही अनुरुप काम अगाडि बढेको बुटवलका उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

बैठौलिया ताललाई बुटवलको प्रमुख पर्यटकीय गन्तव्य बनाउनेगरी उपमहानगर जुटेको छ । अहिले तालको सफाई र विभिन्न संरचना निर्माणका काममा प्रदेश सरकारले समेत सहकार्य गरेको बताउँदै प्रमुख सुवेदीले तालको प्राकृत्तिक बनावटालाई अझ ब्यवस्थित गर्ने, वरपार बलियो वाल लगाउने, डुंगा अड्याउने र त्यहाँबाट चढ्नका लागि उपयुक्त सिंढी बनाउने लगायतका काम गर्नेगरी ताल ब्यवस्थापन समितिले काम गरिरहेको बताए ।

ताल ब्यवस्थापन समितिका अध्यक्ष खेमलाल कंडेलका अनुसार त्यहाँ २१ जना मजदुरले तीन ठाउँमा दुरी कायम गरेर तालको सरसफाई, रिटेनिङ बाल निर्माण र डुंगा चढ्न झर्न प्रयोग गरिने सिंढी निर्माण गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved