शिक्षण अस्पतालले भन्यो, ‘कुनैपनि कर्मचारीमा कोरोना देखिएको छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 03:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिए । 

सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकाररिताको विश्वसनियतामाथि प्रश्न उठ्न जाने भन्दै उहाँले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गर्नुभयो । शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो । 

ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ । सङ्क्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवन बनाइएको आइसोलेशन वार्डमा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved