आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका तीन बस्ती सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 09:04:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरमा दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ ।

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको शनिबार गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ । सल्लाघारीस्थित उनी डेरामा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । 

त्यसैगरी आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका– ६, पाण्डुबजार क्षेत्र  शनिबार सिल गरिएको छ । भक्तपुर नगरपालिका ५ योसिंखेलस्थित पुख्र्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उनले जानकारी दिए । सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved