जुम्ल्याहा दाजुभाईले बनाए कोरोना संक्रमितको सेवा गर्ने रोबोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 11:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रोबोटको अनुसन्धान र  निर्माण गर्दे आएका बुटवलका जुम्ल्याहा दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोबोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आईसोलेशन अस्पतालमा  भर्ना भएका कोरोनाका संक्रमित बिरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोबोर्ट लवकुस पन्थीले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई शनिबार हस्तान्तरण गरेका हुने् ।

सफ्वेयर र एप बाहेक रोबोट निर्माणको लागि झण्डै ७० हजार रुपैयाँ खर्च भएको कुश पन्थीले बताए । कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम राबोटले गर्न सक्छ भन्ने सोचले राबोट बनाएको लव पन्थीले बताए ।   

मन्त्री बरालले लवकुशको कोरोना रोबोट बनाउने सोच नै समयसापेक्ष र नयाँ भएको बताउदै यसको विकासले नर्सले काममा सघाउने विश्वास ब्यक्त गरे ।

उक्त रोबोट निर्माणको सम्पूर्ण खर्च मन्त्रालयले बेहोर्ने भएको छ । मन्त्री बरालले युवाहरुको नयँं–नयाँ खोज र अनुसन्धानलाई मन्त्रालयले सधै हौसला प्रदान गर्ने बताए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved