बीरगन्जमा कोरोना बिरामीको लागि छुट्टै अस्पताल, नारायणीको शाखाको रुपमा संचालन

राकेश यादव

राकेश यादव

May 17, 2020 | 09:04:52 AM मा प्रकाशित

laxmi  sunrise bank

बीरगन्जमा कोरोना संक्रमित बिरामीहरुको लागि छुट्टै अस्पतालको ब्यबस्था भएको छ । गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालनमा ल्याउन लागिएको हो ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि गण्डक अस्पताल नारायणी अस्पतालाई हस्तान्तरण गरेका हुन् । गण्डक अस्पतालमा ७० शैय्याको ब्यवस्था भएको छ ।

हस्तान्तरण पूर्व अस्पताल शिल गरिएको थियो । अस्पतालमा सीसी क्यामरा टेलिभिजन सेट जडान गरिएको छ । नारायणी अस्पतालको शाखाका रुपमा कोरोना बिशेष अस्थायी अस्पतालका रुपमा गण्डक अस्पतालमा कोरोनाबाट संक्रमणमा परेका ब्यक्तिहरुको उपचार हुने छ ।

अस्पताल हस्तान्तरण गर्दै महानगर प्रमुख सरावगीले ३ वटा पानी तताउने टंयाकी,१ सय थान एन नाइन्टी फाइभ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क,९० थान पिपीई , पन्जा १ सय ८० बक्स,थर्मल गन २ थान ९० थान मेडिकल चश्मा ९० जोडी जुत्ताको कभर ९० थान हेड कभर लगायतका स्वास्थ्य समाग्री तथा उपकरण हस्तान्तरण गरेका छन् । महानगर प्रमुख सरावगीले आजै २० सेट पूर्ण बेडको ब्यवस्था गरेका छन् ।

महानगरको ब्यवस्थापनमा मुलुकमै पहिलो कोरोना विशेष अस्पतालको रुपमा नारायणी अस्पतालले आफनो जनशक्ति तथा प्राविधिक नेतृत्वमा कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ । अस्पतालको स्वामित्व लिदै मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले अस्पताल चाडै संचालनमा आउने बताए । कोभिड अस्पतालमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि बास र खानाको ब्यवस्था टाउन हलमा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved