प्रधानमन्त्रीले भने 'अरू मानवीय क्षति रोक्न अब थप सशक्त कदम'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 10:32:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका छन् ।



उनले भनेका छन् 'कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। 'शनिवार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । मृत्यु भएपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्रीले सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएसंगै अब लकडाउन बढ्ने र स्वरुप झन् कडा हुने निश्चित जस्तै बनेको छ  ।

यो पनि : 

लकडाउन अवधि थप्न आज २ वटा बैठक, कति थपिएला ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved