‘श्रममन्त्री यादवलाई हर्ट अट्याक भएको होइन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 02:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको सचिवालयले मन्त्री यादवलाई हर्ट अट्याक नभएको बताएको छ । मन्त्री यादवलाई हर्ट अट्याक भएको भन्दै समाचार प्रकाशन भएका छन् । तर मन्त्रीका प्रेस संयोजक विजय यादवले भने हर्ट अट्याक नभई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानु भएको बताएका छन् । 

‘हर्ट अट्याक भएको होइन, नियमित स्वास्थ्य जाँचका लागि गंगालाल अस्पताल जानु भएको हो’ यादवले भने, ‘उहाँको मुटुमा समस्या होइन, पहिलादेखि नै कहिलेकाही छाती दुख्ने समस्या भने थियो ।’ 

मन्त्री यादव अहिले बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved