कोरोना संक्रमित पत्रकारसँग सम्पर्कमा आएकोका स्वाब संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 01:42:57 PM मा प्रकाशित

laxmi  sunrise bank

धनुषामा कोरोना भाइरस संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत बिहीबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको बताए ।

विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका अवस्थामा अग्रपंक्तिमा रही काम गर्ने क्रममा पत्रकारमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको जनाइएको छ । पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्रयाक्ट ट्रेसिङबाट आएकाहरुको स्वाब परीक्षण गरेको हो।

संक्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए । महासंघले कोरोना महामारीका समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सुसूचित गराउन जुटेका बेला पत्रकारमा संक्रमण देखिएपछि दोहो¥याएर परीक्षण गराउनुपरेको जनस्वास्थ्य वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved