राष्ट्रपति ट्रम्प भन्छन्, ‘‘अमेरिकामा कोरोनाका संक्रमित घटे’’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 02:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् । 

 राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ ।’ 

 अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved