गुल्मीका कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार हुदै, अस्पताल सिल

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

May 18, 2020 | 06:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा उपचाररत एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका क्रिमसन अस्पतालमा उपचार गराईरहेका एक जनामा कोरोना पुष्टि भएको हो ।

जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उनी उपचारको लागि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अहिले उनको भेन्टीलेटरको सहयतामा उपचार भई रहेको छ । उनी अहिलेपनि सोहि अस्पतालको आईसियूमा भर्ना भई उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले वताए ।

४१ वर्षिय उनि सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कतै गएको नभएपनि लक्षण हेर्दा कोरोनासंग मिल्दो पाईएपछि अस्पतालबाटै जेठ २ गते स्वाव संकलन गरि परिक्षणको लागि लगिएको शाहले बताए । 'उनको ट्राभल हिस्ट्रि कतै बाहिर गएको पाईएको छैन, उनकै विद्यालयमा क्वारेन्टाईन संञ्चालन गरिएकोले सोहि क्वारेन्टाईनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ' शाहले भने ।

अस्पतालको आईसियूमा भर्ना भएको कारण उनको उपचार त्यहि हुन्छ वा अन्यन्त्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिए ।अस्पताल श्रोतका अनुुसार उनमा कोरोनामात्र नभएर अरुपनि देखिएको छ ।उनलाई कोरोना पुष्टि भएपछि अस्पताल अहिले सिल गरिएको छ । अस्पतालमा रहेका बिरामीलाई बुटबलको कोरोना अस्पतालमा लाने तयारी भैरहेको अस्पतालले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved