प्रधानमन्त्रीले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ मंगलबार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 06:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । नीति तथा कार्यक्रम माथिको छलफल आज सोमबार सकिएपछि प्रधानमन्त्रीले मंगलबार त्यसमाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।

मंगलबार ११ बजे राष्ट्रिय सभाको बैठक र १२ बजे प्रतिनिधिको सभाको बैठक डाकिएको छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने छ ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति कार्यक्रममा विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved