संसदमा बोल्दै गर्दा प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 12:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको बैठकलाइ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । करिब २० मिनेट सम्बोधन गरेपछि उनले सभामुखलाई उठेर सम्बोधन गर्न कठिन भएको भन्दै बसेर सम्बोधन गर्न  ब्यबस्था गराईदिन आग्रह गरेका थिए 

लगत्तै सभामुखले प्रधानमन्त्रीलाई बसेर सम्बोधन गर्ने ब्यबस्था मिलाउन संसदका माहासचिवलाई निर्देशन दिए । त्यसपछि प्रधानमन्त्रीलाई तल नै बसेर सम्बोधन गर्ने कि के गर्न  भन्ने सोधिएको थियो । प्रधानमन्त्रीले अगाडी बाट नै सबैलाई देखिने र त्यहिबाट बसेर सम्बोधन गर्न सहज हुने बताएका थिए ।

सोहि अनुसार प्रधानमन्त्रीलाई रोस्टम मै बसेर सम्बोधन गर्ने ब्यबस्था मिलाईएको छ । उनले आफ्नो खुट्टामा समस्या भएको र धेरै समय उभिन नसक्ने भएकोले क्षमा माग्दै सम्बोधन पुन: सुरु गरेका छन् । 

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved