कोरोना विरुद्धको लडाइमा स्थानीय तहको भुमिका महत्वपूर्ण: मुख्यमन्त्री पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 01:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस विरुद्धको लडाइमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले स्थानीय तहकै कारण अहिले भएको परिणाम सम्भव भएको बताए ।

रुपन्देही जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकमा उपस्थित रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुलाई निर्देशन दिँदैं उनले भने, ‘स्थानीय सरकार सक्रिय नभएको भए अहिलेको परिणाम सम्भव थिएन, त्यसैले स्थानीय तहले गरेका कामलाई सबै राजनीतिक दल, जनप्रतिनिधिले निशर्त साथ दिनुपर्छ ।’

सीमा वारीपारीको बारेमा सबै जानकारी भएको बताउँदै मुख्यमन्त्री पोख्रेलले हामीले जुन प्रकारको सर्तकता अपनाएका छौँ, त्यो सर्तकता भारतीय पक्षले अपनाउन नसकेका कारण भारतले महामारीलाई रोक्न नसकेको  बताए । 

‘मानवताको भाषण सबैले गर्न सक्ने बताउँदै मानवताको कुरा गर्दा गर्न सकिने कुरा के हो त जसबाट हामीले हाम्रो समुदायलाई सुरक्षित राख्न सक्छौँ,’ उनले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved