कोरोनाका २७ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 04:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका २७ जना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । 

थप २७ जना संक्रमितमध्ये झापाका ९, कपिलबस्तुका ४, काठमाडौँका ३, सर्लाहीका २, मोरङका २, सुनसरीका १, भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, ललितपुरका १, सिन्धुलीका १, लमजुङका १ र नवलपारसीका १ जना छन् । उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved