वैशाख ३० गते मुम्बईबाट आएका थिए सुस्ताका कोरोना संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 07:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पुर्याएको बताइएको छ । उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन् । उनीसँगै आएको डुङ्गामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ । उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पुर्याएकोले उनको पिसिआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीको टोलीले उनको टे«सिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए। यही जेठ ३ गते स्वाब सङ्कलन गरी पठाइएकामा ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ । टे«सिङ्गको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्क्रमित दुई पुगेका छन् । यसअघि प्रतापपुर गाउँपालिका ५ का एक युवकमा सङ्क्रमण पुष्टि भएको थियो । उनको भीम अस्पतालमा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved